प्रधानमन्त्री र भारतीय ऊर्जा सचिवबीच भेटवार्ता

लोकपथ
84
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय ऊर्जा सचिवबीच बुधबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र भारतीय ऊर्जासचिव आलोक कुमारबीच भेटवार्ता भएको हो ।

भारतीय ऊर्जासचिव आलोक बिहीबारदेखि सुरु हुन लागेको नेपाल–भारत द्विपक्षीय ऊर्जा क्षेत्र सहयोगसम्बन्धी बैठकमा सहभागी हुन काठमाडौं आएका हुन् ।

बैठकमा द्विपक्षीय ऊर्जा क्षेत्रसँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?