कांग्रेसको १० जिल्ला अधिवेशन स्थगित

लोकपथ
104
Shares

काठमाडाैं। नेपाली कांग्रेसको १० जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ । कांग्रेस निर्वाचन समितिले एक सूचना जारी गर्दै फागुन १५ गते हुने भनिएको अधिवेशन फेरि स्थगित गरेको हो ।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा फागुन १५ गते अधिवेशन तय गरिएको थियो ।

तर, समितिले पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमका कारण १६ जिल्लामध्ये संघीय संसदका सदस्य रहेका सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछाम जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन फागुन २० गतेभित्र सम्पन्न गर्नेगरी व्यवस्था मिलाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?