प्रधानमन्त्री ओली तिब्बतको ल्हासामा, सरकार प्रमुख छी चालासँग भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार तिब्बत पुगेका छन् । छ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली बेइजिङबाट तिब्बतको ल्हासा पुगेका हुन् । 

शुक्रबार ल्हासामा पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्नुका साथै  सरकार प्रमुख छी चालासँग समेत शिष्टाचार भेट गरेका छन् । 

त्यस्तै प्रधानमन्त्री ओलीले शनिबार बिहान तिब्बतका दुई धार्मिक स्थलको अवलोकन गर्नेछन् । प्रसिद्ध मन्दिर पोतला दरबार र त्यसपछि ओली तिब्बतियनको पवित्र मन्दिर जोखाङ जानेछन् कार्यक्रम रहेको छ । 
जोखाङ मन्दिर सातौँ शताब्दीमा नेपालबाट बुद्धको मूर्ति लगेर भृकुटीले स्थापना गरेको किंबदन्तीमा उल्लेख छ ।

तिब्बतियन भाषामा जोखाङ शब्दको अर्थ बुद्धको घर हुन्छ ।

यसैगरी प्रधानमन्त्री ओली ल्हासाबाट आधा घन्टाको दूरीमा रहेको छुसुई एग्रिकल्चर परियोजना (चीनकै एक नमुना कृषि परियोजना)को अवलोकन गर्न जाने कार्यक्रमका रहेको छ । 

छुसुई एग्रिकल्चर परियोजना अवलोकनपछि साँझ प्रधानमन्त्री ओली नेपाल वाणिज्य दूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने छन् ।

प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?