१. प्रतिनिधिसभाको बैठक भोलि बस्दै, संसदको कार्यसूची सार्वजनिक, एमसीसीमाथिको छलफल प्रस्ताव दोस्रो नम्बरमा ।
२. बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन, एमसीसीको पक्षमा उभिन ह्विप जारी ।
३. गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आरोप, राजनीतिक परिवर्तनहरूलाई कमजोर पार्ने खतरा बढिरहेको भनाइ ।
४. युक्रेनमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कन परराष्ट्र मन्त्रालयको अनुरोध, अब नेपालबाट युक्रेन भ्रमण पनि स्थगित ।
५. प्रधानमन्त्री देउवाले अमेरिकी दबाब झेल्न नसकेर एमसीसी संसदमा पेस गरेको नेकपा एसका नेता झलनाथ खनालको आरोप, हरेक पार्टीका नेताहरूको आ–आफ्नै धारणा आएकोले एमसीसीको बारेमा स्पष्ट लिखित धारणा नबनाइएको प्रतिक्रिया ।
६ एमसीसीमा सत्तारुढ दलको दोहोरो चरित्र भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलको भनाइ, आफैँले गरेको सम्झौतालाई लिएर जनतामा भ्रम सिर्जन गर्ने र सडकमा गाईजात्रा देखाउने काम भएको प्रतिक्रिया ।
७. आन्तरिक उडानको हवाई भाडामा विदेशी पर्यटकलाई नेपाली नागरिकसरह नै छुट दिने सहमति, विदेशी पर्यटकलाई होटलको कोठाभाडामा कम्तीमा पनि २० प्रतिशतसम्म छुट दिने निर्णय ।
८. संवैधानिक निकायमा नियुक्त हुने प्रमुख एवं पदाधिकारीहरूको संसदीय सुनुवाइ अनिवार्य हुनुपर्नेमा कानुनमन्त्री बडुको जोड, सिफारिस भएको ४५ दिनभित्र सुनुवाइ नभए स्वतः नियुक्त हुने व्यवस्था संविधानविपरीत रहेको भनाइ ।
९. आजबाट बृहस्पति अस्त सुरु, आगामी चैत ९ गते बुधबारसम्म शुभकर्म गर्न नहुने, ग्रहदोष र नित्यकर्म भने गर्न सकिने ।
१०. पछिल्लो २४ घण्टामा देशभर गरिएको ८ हजार ६ सय ९३ परीक्षणमा थप ३ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ९ सय ११ जना संक्रमणमुक्त, २ जनाको मृत्यु ।
११. सेयर बजारमा १५ दशमलव ५ अंकको गिरावट, कारोबार रकम ३ अर्ब १३ करोडमा सीमित, हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण ।
१२. युक्रेनमा फौज पठाउन पुटिनले दिएको आदेश रुसी सदनबाट अनुमोदन, युक्रेन हिंसा र रक्तपातको पक्षमा रहेकोले युक्रेनसँग वार्ता रोकिएको रुसको दाबी ।
१३. बुर्किना फाँसोको सुनखानीको डाइनामाइटमा आगो लाग्दा विस्फोट, ६० जनाको मृत्यु, दर्जनौँ घाइते ।
१४. आईसीसी टी–ट्वान्टी वरीयतामा नेपाल दुई स्थान तल झर्दै १५औँ स्थानमा खुम्चियो, बलिङतर्फ छलाङ मार्दै सन्दीप लामिछाने ४३औँ स्थानमा ।
१५. र, पाँचौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप कैलालीको धनगढी रंगशालामा फागुन १९ गतेबाट सुरु हुँदै, उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्बल र भारतको दिल्ली फुटबल क्लब भिड्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया