पशुपतितीर बरालिँदा (फोटोफिचर)

जीवनलाई बुझ्न मन लागे पशुपतितीर जानू । 

बा आँगनमा कैचीले ढोड टुक्राउँदै गफिन्थे । 

म सोच्थे हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहर पशुपतीदर्शन कहिले गर्न पाउँला ?

मौका मिल्यो । पशुपतितीर बरालिने । 

पशुपति मन्दिर र त्यस आसपास देखिएका अनगिन्ती समस्याहरु दृश्यहरुले एकपटक सबैको मन चर्किन्छ । दृश्य कम्ता दर्दनाक लाग्दैनन् । अस्तव्यस्त किसीमको बृद्धाश्रम, भुकम्पको कारण भग्नावशेष बनेका संरचना, पशुपतिनाथको दर्शन गर्न छिर्ने गेटमा बसेका माग्नेहरुको लामो लाईन । पशुपति मन्दिरलाई साक्षी राख्दै विवाह बन्धमा बाधिरहेका वरवधु । त्यहिँ तल जलिरहेका लाशहरु । आफन्तको क्रन्दन । गन्हाउँदै बगिरहेकी बाग्मती । किनारामा पितृलाई पिण्ड दिनेहरुको भिड । कोहि जल्दै गरेका लाशबाट आएको गन्ध प्रवाह नगरी बाग्मतीमा चुम्बकको सहायताले पैसा तानिरहेका, कोहि हनुमानको लुगा पहिरिएर आशिर्वाद बाँडिरहेकाहरु । लोकपथ डटकमको लेन्सबाट यस्तो देखियो पशुपति परिसर ।

हेर्नुहोस् फोटोफिचर :-

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?