काठमाडौं। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका ४ न्यायाधीशविरु खनिएका छन् ।
बुधबार जन्मदिनको अवसरमा लिखित पुस्तक ‘समवेत दृष्टि’सार्वजनिक कार्यक्रममा बोल्दै ४ न्यायाधीशले एमालेलाई पछार्न खोजेको बताउँदै एमालेले खुट्टा टेकिसकेको बताए ।
‘सर्वोच्च अदालतका चारजना न्यायाधीशले एमालेलाई पछार्ने प्रयास गरे । तर एमालेले अब आफ्नो खुट्टा टेकिसकेको छ। कसैले समाप्त गर्न नखोजे हुन्छ।’ ओलीले धने ।
ओलीले २०७८ साल जेठ २ गतेको प्रतिनिधि सभा विघटनलाई बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने ४ न्यायाधीशहरुविरुद्ध खनिएका हुन् । ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटनलाई बदर गर्दै २०७८ असार २८ गते सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउने बाटो खोलिदिएको थियो ।
कार्यक्रममा बोल्दै ओलीले सबै जनताको लागि काम गर्ने बताउँदै अबको बाँकी जीवन देशका निमित्त समर्पित गर्ने बताए ।
‘सबै जनताका लागि काम गर्छौँ। हामी राष्ट्रविरुद्ध, जनताविरुद्ध काम गर्दैनौँ । मेरो बाँकी जिन्दगी सम्पूर्ण रुपमा देशप्रति जनताप्रति समर्पित हुनेछ। मानव जातिको हितमा समर्पित हुनेछ।’ ओलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया