भरोसा नेपाल सहकारी संस्था ठगी प्रकरण : पैसा हिनामिना गर्ने अध्यक्ष र उपाध्यक्ष पक्राउ

लोकपथ
715
Shares

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा रहेको भरोसा नेपाल बहुउद्देशीय सहकारी संस्था ठगी प्रकरणमा सलंग्न भएको आरोपमा उक्त संस्थामा सञ्चालक समितीका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् ।

ठगी सम्बन्धि १५ जना बचतकर्ताहरुले दिएको जाहेरीका आधारमा उक्त सहकारीका अध्यक्ष सुरज बस्नेत र उपाध्यक्ष शिवनाथ पाण्डेलाई पक्राउ गरिएको सिआईबीले जानकारी दिएको छ ।

सिआईबीका अनुसार ठगी कार्यमा संलग्न भएको अभियोगका आधारमा काठमाडौं महानगरपालिका वडा नं ३० घर भएका ४२ बर्षिय बस्नेत र काठमाडौंको पकानाजोल घर भएका ५७ बर्षिय पाण्डेलाई यही फागुन चार गते पक्राउ गरी आज बुधबार सार्वजनिक गरिएको हो ।

सोमध्ये बस्नेतलाई काठमाडौंको अनामनगरबाट र पाण्डेलाई पकनाजोलबाट पक्राउ गरिएको हो, सिआईबीका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिएका छन् ।

काठमाडौंको पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देशीय सहकारी संस्थाका निक्षेपकर्ता सदस्यहरुले उक्त संस्थामा बचत तथा आवधिक खाता खोली जम्मा गरेको रकम उक्त सहकारीका सञ्चालकहरुले हिनामिना गरी आफु खुसी सहकारी संस्थाको खातामा नराखी आफ्नै परिवारका सदस्य र आफन्तहरुको नाउाँमा राखी १५ जना निक्षेपकर्ताहरुको ६ करोड २५ लाख रुपैयाँ रकम दुरुपयोग गरी भुक्तानी फिर्ता माग्दा ति व्यक्तिहरुले सहकारी संस्थामा ताला लगाई फरार रही सहकारी ठगी कार्यमा संलग्न रहेको जाहेरीका आधारमा ति व्यक्तिहरुलाई यही फागुन चार गते पक्राउ गरी आवस्यक कारवाहीको प्रकृया अगाडि बढाईएको हो ।

सिआईबीले अन्य बचतकर्ताहरुले उक्त सहकारीबाट निक्षेप तथा व्याज रकम नपाई कानुनी कारवाही गर्नुपर्ने भएमा सिआईबीमा सम्पर्क राख्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?