अभिनेता पल शाहविरूद्ध उजुरी

लोकपथ
4.1k
Shares

काठमाडौं । नायक पल शाहविरूद्ध नाबालिकामाथि याैनजन्य दुर्व्यवहार गरेकाे आरोपमा जाहेरी दर्ता भएको छ ।

एक  नबालिका गायिकाले बुबासहितको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर शाहविरुद्ध आज जाहेरी दर्ता गरेकी स्राेतले बताएकाे छ । यद्यपि प्रहरीले यस विषयमा केही कुरा खाेल्न मानेकाे छैन ।

पछिल्लो समय उनी  नबालिका गायिकासँगको सम्बन्धका कारण विवादमा तानिएका छन । सम्बन्धका विषयलाई लिएर बेलाबेलामा बोली फेर्दै आए पनि ती गायिका र पलका बारेमा भएका विभिन्न कुराकानी अहिले सामाजिक सञ्जालमा छताछुल्ल भएर पोखिएका छन् ।

पलले एउटा कुराकानीमा एक नाबालिका गायिकासङ्ग आफ्नो शारीरिक सम्बन्ध रहेको स्वीकारिसकेको अडिओ सार्वजनिक भएको थियो । ती गायिकाको उमेर अहिले १७ वर्ष मात्र भएको र नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकी किशोरीरबालिकासँग सहमतिमै राखेको यौन सम्बन्धलाई पनि जबर्जस्ती करणी मान्छ । यसमा कडा सजायको व्यवस्था छ ।

यसै विषयलाई लिएर पलले भने त्यो फेक भएको भनेर अस्वीकार गर्दै फेसबुकमा लामो स्टाटस समेत लेखेका थिए । तर सामाजिक सञ्जालमा आएको अडियो रिपोर्टमा पलले घटनालाई लुकाएर डिसमिस पार्ने प्रयास गरेको प्रस्ट देखिन्छ ।

गत बिहीबार ती नाबालिका गायिकाले महिला अधिकारकर्मी जस्मिन ओझालाई भेटेर आफ्नो सबै कथा सुनाउँदै न्यायको पहल गरिदिन आग्रह समेत गरेकी थिइन् । त्यसपछि भने यो विषयले नयाँ मोड लिएको थियो । समीक्षाले यस कुराकानीमा पलले आफूलाई यौन दुर्व्यवहार गरेकोदेखि पलकी अर्की प्रेमिका कवितासँग आफ्नो झगडासम्मको विवरण सुनाएकी छिन् ।

मुलुकी अपराध संहिता २०७४ को परीच्छेद १८ का अनुसार कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालई करणी गरेमा निजले यस्तो महिला वा बालबालिकालाई जबरजस्ती करणी गरेकोे मानिनेछ ।

यस्तो अपराधमा घटना भएको एक वर्षभित्र उजुरी दिन सकिने व्यवस्था छ ।

यही संहितालाई टेकेर ती गायिकाले एक वर्षभित्रै घटना भएको भन्दै सप्रमाण प्रहरीमा जाहेरी दिएकी हुन् । कानुनमा ३ वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गरिनसक्ने व्यवस्था छ ।

कति हुन्छ सजाय ?

मुलुकी अपराध संहिता २०७४ का अनुसार १६ वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?