घरजग्गा क्षेत्रमा दुई खर्ब १० अर्ब रूपैयाँभन्दा बढी कर्जा

लोकपथ
416
Shares

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरूले घरजग्गा क्षेत्रमा प्रवाह गरेको कुल कर्जा रकम दुई खर्ब रुपैयाँ नाघेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स समेत गरी कुुल ६१ वटा संस्थाहरूले घरजग्गा क्षेत्रमा मात्र कुल दुई खर्ब १० अर्ब २९ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ४९ खर्ब चार अर्ब ७२ करोड ६० लाख र ४६ खर्ब ७५ अर्ब ८१ करोड ७० लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा वाणिज्य बैंकहरूले मात्र भने घरजग्गा क्षेत्रमा एक खर्ब ८० अर्ब ७८ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंकहरूले ४३ खर्ब २५ अर्ब ५८ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ५० अर्ब ३७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा घरजग्गा क्षेत्रमा बैंकहरूको झण्डै दुई खर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो, राष्ट्र बैंकले भनेको छ ।

चालू आवको दोस्रो त्रैमासिक अवधिसम्ममा विकास बैंकहरूले भने घरजग्गा क्षेत्रमा २१ अर्ब ४४ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा विकास बैंकहरूको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः चार खर्ब ८३ अर्ब ५२ करोड ७० लाख र चार खर्ब ३८ अर्ब ३७ करोड २० लाख रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूले भने चालू आवको दोस्रो त्रैमासिक अवधिसम्ममा ९५ अर्ब ६१ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब सात करोड ३० लाख रुपैयाँ कर्जा पं्रवाह गरेका छन् । सोमध्ये घरजग्गा क्षेत्रमा मात्र प्रवाह भएको कुल कर्जा रकम भने आठ अर्ब छ करोड रुपैयाँ रहेको छ ।

बैंक तथा फाइनान्स कम्पनीहरूले घरजग्गा क्षेत्रमा प्रवाह गरेको कर्जा (रकम रु १० लाखमा) विवरण:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?