गरिमा विकास बैंकका ग्राहकलाई बजेट पसल डट कमबाट सामान खरिद गर्दा विशेष छुट पाउने

लोकपथ
91
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले समयानुकुल आफ्ना ग्राहकवर्गका लागि विभिन्न छुट सम्बन्धि सम्झौता गर्दै आईरहेको छ । यसलाई नै निरन्तरता दिँदै यस बैंकले ई–कमर्श साईट बजेट पसल डट कमसँग सामान खरिदमा ५% छुटको लागि सम्झौता गरेको छ ।

सम्झौता अनुसार यस बैंकका ग्राहकले बजेट पसल डट कमको अनलाईनबाट ३ हजारभन्दा माथिका दैनिक उपभोग्य तथा ईलेक्ट्रोनिक्स सामान खरिद गरी यस बैंकको मोबाईल बैकिङ तथा डेविट कार्डबाट भुक्तानी गर्दा तत्काल ५% छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, यस बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मोबाईल बैकिङ, इन्टरनेट बैकिङ, क्यूआर कोड, अनलाईन खाता खोल्ने, स्मार्ट टेलर लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?