नवलपरासी : गैंडाकोटको थुम्सीमा ना ६ ख ५९२७ नम्बरको ट्रक र ना ६ ख ४१६ नम्बरको यात्रुबस ठोक्किँदा बसमा सवार १५ जना घार्इते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ अार्इरहेको ट्रकलार्इ सोही दिशाबाट अाएको यात्रुबसले पछाडीबाट ठक्कर दिएको थियो ।
घार्इतेहरूलार्इ पुरानो मेडिकल कलेज, भरतपुर चितवनमा उपचारार्थ पठार्इएको र केही घार्इतेको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया