एनआईसी एसियामा ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ खोल्दा फाइदै फाइदा

लोकपथ
39
Shares

काठमाडौं । एनआईसी एसिया बैंकमा ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ खोल्ने ग्राहकहरुलाई निकै नै फाईदा हुने देखिएको छ । बैंकले यो शिर्षकमा खाता खोल्ने आफ्ना ग्राहकहरुलाई स्वास्थलाई विशेष ध्यानमा राख्नै स्वास्थ बीमा गरी उपचार बीमा वापतको रकम भुक्तानी गर्ने भएपछि ग्राहकहरुलाई यो खाता खोल्दा निकै नै फाईदा हुने देखिएको हो ।

सोही अनुरुप काठमाडौंको भिमसेनागोला निवासी ३६ बर्षिया श्याम प्रसाद पन्तले न्यू प्रिमियम सुपर चमत्कारिक बचत योजना अन्तर्गतको ‘डायमण्ड श्रेणी’ को खाता खोलेका थिए । उनले बैकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध १० लाख रुपैयाँ बराबरको घातक रोग बीमा रकम हस्तान्तरण गरेको छ । बैकका अनुसार पन्तलाई घातक रोगको उपचार बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरिएको हो ।

निजलाई यस बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । निज खातावालालाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको हो । बैंकको बीमा सहितको बचत खाता अन्तर्गत हालसम्म देशभरका सात सय जना भन्दा बढी ग्राहकहरूले बीमा वापत चार करोड ३० लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दे जाने यस बैंकको नीति तथा रणनीति रहेअनुरुप बैंकले हाल लिएर आएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाको गुडविल एम्बेसडर श्रेणी अन्तर्गत पाँच वर्षको लागि खातावाला एवं निजले मनोनित गरेका तीन अन्य व्यक्तिहरूको प्रतिव्यक्ति २१ लाखसम्मको गरी कुल ८४ लाखसम्मको बीमा फाइदाको व्यवस्था गरिएको छ ।

साथै, यस निक्षेप योजना अनुसार ग्राहकहरूले प्राप्त गर्ने तीन बीमा सम्बन्धी फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, लकर सेवा, एटिएम लगायत १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलो पटक ५ वर्षको लागि पूर्ण रुपमा निःशुल्क रहने व्यवस्था बैंकले गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५८ शाखा कार्यालयहरू, चार सय ७३ वटा एटिएम, ७६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिसत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दे आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुई अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दे आइरहेको छ ।

देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?