एमसीसी : प्रमुख प्रतिपक्षी दलसँग सरकारको निरन्तर छलफल, गृहमन्त्री खाँणसँग ओलीको भेट 

लोकपथ
533
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।

ओलीलाई भेट्न गृहमन्त्री खाँण बुधबार बिहान ओली निवास बालकोट पुगेका थिए । भेटघाटका क्रममा अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा छलफल भएको थियो ।

छलफलका क्रममा गृहमन्त्री खाँणले एमसीसी सम्झौता संसदबाट अनुमोदनका लागि प्रतिपक्षी दलले सहयोग गर्न अपील गरेका थिए भने ओलीले १४ जना सांसदको कारबाहीसहितका मागहरु पूरा नगरेसम्म कुनै पनि संसदीय प्रक्रियामा भाग नलिने जवाफ दिएका थिए ।

यसअघि मंगलबार साँझ ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत भेटघाट गरेका थिए । भेटघाटका क्रममा देउवाले एमसीसी अनुमोदनका लागि ओलीसँग आग्रह गरेका थिए ।

तर ओलीले आफूहरुको माग पूरा नगरेसम्म कुनै पनि संसदीय प्रक्रियामा भाग नलिने जवाफ दिएका थिए ।

लामो रस्साकस्सीपछि फागुन ८ गते आइतबार एमसीसी संसदमा पेस भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसबाहेक अन्य दलले एमसीसी अनुमोदनका लागि सहयोग नगर्ने बताएसँगै प्रधानमन्त्री देउवा प्रतिपक्षी दलसँग सहकार्य गरेर भए पनि एमसीसी पास गर्ने पक्षमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?