जेठ महिनाका उत्कृष्ठ प्रहरी कर्मचारीको नाम सार्वजनिक

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले जेठ महिनामा ‘उत्कृष्ठ’ कार्य गर्ने प्रहरी कर्मचारीहरुको नाम सार्वजनिक गरेको छ । 
नेपाल बंगलादेश बैक र परिसरले काठमाडौंमा कार्यरत प्रहरी जवानदेखि डिएस्पीसम्मको कामकारवाहीलाई प्रोत्सहान गर्न तथा हौशला बढाउन बैशाखबाट उत्कृष्ठ प्रहरी पुरस्कार घोषणा गरेको थियो । 
सोही पुरस्कारको घोषणा गरे अनुरुप जेठ महिनामा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डिएस्पी यागेन्द्रसिंह थापा र बालाजु वृत्तका प्रमुख डिएस्पी विश्वराज खड्का उत्कृष्ठ भएका छन् । यी दुईजनालाई संयुक्त रुपमा उत्कृष्ठ प्रहरी पुरस्कार प्रदान गरिएको हो । 
त्यस्तैं, उत्कृष्ठ प्रहरी निरीक्षहरुमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख इन्स्पेक्टर राजु लामा र नागढुङ्गा प्रभागका प्रमुख इन्स्पेक्टर केशवराज भट्ट रहेका छन् । 
प्रहरी नायव निरीक्षक (सई) मा परिसरमा कार्यरत सई धनसिंह ऐरी र भृकुटीमण्डपमा कार्यरत सई अजयजंग थापा छन् । 
इन्स्पेक्टर र सईहरुलाई पनि संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरिएको हो । 
उत्कृष्ठ हवल्दारमा महानगरीय प्रहरी प्रभाग वसपार्कमा कार्यरत ढालबहादुर क्षेत्री र उत्कृष्ठ जवानमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा कार्यरत जवान केशव महतारा भएका छन् । 
त्यस्तैं, उत्कृष्ठ कार्य गरेको भन्दै महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख दिपक पोखरेल, थानकोट वृत्तका प्रमुख महेन्द्र नेपाल र सिंहदरवार बृत्तका प्रमुख अपिल वोहरालाई पनि जनही १५ सय नगद सहित पुरस्कृत गरिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?