शिक्षालाई श्रम र उत्पादनसंग जोड्नुपर्छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शिक्षालाई श्रमसंग जोड्नुपर्ने बताएका छन् ।

श्रमविना विकास असंभव भएको वताउदै मुख्यमन्त्री शाहीले मुलुकको समग्र विकास र समृद्धिका लागि शिक्षालाई श्रमसंग जोड्नुपर्ने बताएका हुन् ।

एसओएस वालग्राम सुर्खेतको आयोजनामा शुक्रबार भएको अन्तराष्ट्रिय एसओएस दिवसलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले शिक्षा आर्जन गरिसकेपछि श्रमवाट भाग्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।
 ‘अहिले पनि थुप्रै विद्धानहरु झोलामा ल्यापटप वोकेर हिड्नुहुन्छ, पावर प्वाईन्ट प्रिजेण्टेशन देखाउनुहुन्छ अव यसले पुग्दैन ।’ मुख्यमन्त्री शाहीले भने– ‘कृषि विज्ञ हो भने स्याउ सुन्तला आँप कागति फलाउनुपरयो, आफुले आर्जन गरेको ज्ञानलाई उत्पादनमा व्यक्त गर्नुपर्यो ।’ 

मुख्यमन्त्री शाहीले अहिलेको शिक्षा प्रणालीमा पनि आमुल परिवर्तनको आवश्यकता रहेको औंल्याए । मुलुकको गरिवि हटाउन र आर्थिक समृद्धि प्राप्त गर्न प्राविधिक शिक्षाको जरुरी रहेको वताउदै मुख्यमन्त्री शाहीले उत्पादन र श्रमसंग जोडिने शिक्षा प्रणाली विकास गर्नुपर्ने बताए ।

समाजिक, आर्थिक र साँस्कृतिक कारणले शिक्षा क्षेत्रवाट वञ्चित वालवालिकालाई शिक्षित गराउन एसओएस वालग्राम विद्यालयले महत्वपुर्ण भुमिका खेलेको वताउदै मुख्यमन्त्री शाहीले प्रशंसा गरे ।

शैक्षिक क्षेत्रको विकासका लागि गैरसरकारी क्षेत्रको समेत ठुलो योगदान रहेको वताउदै राम्रो काम गर्ने गैरसरकारी संस्थासंग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री शाहीको भनाई छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?