हिन्दु धर्मगुरू आचार्य श्रीनिवास रिहा

आफैँलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरू आचार्य श्रीनिवासलाई जिल्ला अदालत मोरङले ५ हजार धरौटीमा छोडेको छ।

हातहतियार तथा खरखजाना मुद्दा लगाईएका श्रीनिवासलाई न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले ५ हजार धरौटी राखेर तारेखमा छोड्न आदेश दिएको हो । 

चैतको अन्तिम साता जानकी मन्दिरमा सप्ताह लगाउन पुगेका उनले आफैंलाई गोली हान्न लगाएको अनुसन्धानबाट खुलेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?