काठमाडौं । पथ–प्रदर्शक (टुरिष्ट गाइड ) ले पनि गाइड गर्न नक्कली सर्टिफिकेट (शैक्षिक प्रमाण–पत्र ) पेश गरेको भन्दा आश्चार्य लाग्ला ।
तर, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी टुरिष्ट गाइडको प्रमाण पत्र लिने ५ जना गाइडलाई भृकुटीमण्डपबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा अनिल महर्जन, रमेश महर्जन, राजिव महर्जन, अमृत डंगोल, किशोर चौगठी र माधव चालिसे छन् ।
चाइनिज भाषाको गाइडका लागि उनीहरुले नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान (नाथम) मा पेश गरेको शैक्षिक प्रमाण पत्र नक्कली रहेको पाइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार, पथप्रदर्शक प्रमाणपत्रका लागि कुनै विदेशी भाषामा दक्ष र स्नातक तहसम्म अध्ययन गरेको हुनुपर्ने ब्यवस्था छ ।
उनीहरुले स्नातक तह उर्तीण गरेको सर्टिफिकेट नक्कली रहेको पाइएको छ । छ जना गाइडहरुलाई भृकुटी मण्डपस्थित पर्यटन विभागभित्रबाट पक्राउ गरिएको हो ।
उनीहरु विरुद्ध सरकारी छाप तथा दस्तखत कीर्ते मुद्धा अन्तरगत आवश्यक नक्कली शैक्षिक प्रमाणपत्रधारी टुरिष्ट गाइडः प्रहरी फन्दामा
काठमाडौं । पथ–प्रदर्शक (टुरिष्ट गाइड ) ले पनि गाइड गर्न नक्कली सर्टिफिकेट (शैक्षिक प्रमाण–पत्र ) पेश गरेको भन्दा आश्चार्य लाग्ला ।
तर, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी टुरिष्ट गाइडको प्रमाण पत्र लिने ५ जना गाइडलाई भृकुटीमण्डपबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा अनिल महर्जन, रमेश महर्जन, राजिव महर्जन, अमृत डंगोल, किशोर चौगठी र माधव चालिसे छन् ।
चाइनिज भाषाको गाइडका लागि उनीहरुले नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान (नाथम) मा पेश गरेको शैक्षिक प्रमाण पत्र नक्कली रहेको पाइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार, पथप्रदर्शक प्रमाणपत्रका लागि कुनै विदेशी भाषामा दक्ष र स्नातक तहसम्म अध्ययन गरेको हुनुपर्ने ब्यवस्था छ ।
उनीहरुले स्नातक तह उर्तीण गरेको सर्टिफिकेट नक्कली रहेको पाइएको छ । छ जना गाइडहरुलाई भृकुटी मण्डपस्थित पर्यटन विभागभित्रबाट पक्राउ गरिएको हो ।
उनीहरु विरुद्ध सरकारी छाप तथा दस्तखत कीर्ते मुद्धा अन्तरगत आवश्यक कानुनी कारवाही भइरहेको ब्यूरो प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया