काठमाडौं । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा एक अपरिचित समूहले कार्यालय तोडफोड र चोरी गरेको छ । मंगलबार दिउँसो स्काउटको कार्यालयमा एक अपरिचित समूह प्रवेश गरी स्काउटका कर्मचारीलाई हातापात गरि तोडफोड गरेको छ ।
साथै तोडफोड पछि त्यो समूहले चोरी समेत गरेको नेपाल स्काउटले बताएको छ । मंगलबार नेपाल स्काउटले पत्रकार सम्मेलन गरि तोडफोड पछि त्यो समूहले चोरी गरेको जानकारी दिएको छ । स्काउटको स्वामित्वमा रहेको जग्गा र व्यवसायीक भवनहरु खड्का ल्याण्ड डेभलपमेण्टले भाडामा लिएर अवैध संरचना बनाएको त्यसलाई रोक्न खोज्दा खड्का ल्याण्ड डेभलपमेण्टका मान्छेहरुले नै स्काउट कर्मचारी तथा कार्यालयमा नै तोडफोड गरेको आरोप नेपाल स्काउटले लगाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले खड्काल्याण्ड डेभलपमेण्ट प्रा.ली.ले भाडा बापत ३ करोड १७ लाख ८ हजार ९ सय १० रुपैयाँ भाडा नतिरेकाले तीर्न ताकेता गर्दा एक समूहले कार्यालयमा तोडफोड गरेको बताए । उनले खड्काल्याण्ड डेभलपमेण्टले भाडा पनि नतिर्ने तर स्काउटको सम्पत्तिमा अवैध संरचना बनाएकाले त्यसलाई रोक्न खोज्दा पूर्वराज्यमन्त्री समेत रहेका दिपक खड्काको नेतृत्वमा आएको एक समूहले कार्यालयमा तोडफोड गरेको बताए ।
भण्डारीले अवैधानिक रुपमा बनाईएका संरचनाहरु हटाउन आग्रह गर्दा प्रालिका संचालक खड्काकै नेतृत्वमा राज्यको सार्वजनिक सम्पत्ति माथि तोडफोड भएको बताए । उनले पछिल्लो समय नेपाल स्काउटले बालबालिका र युवाको नेतृत्व विकास तथा सम्पत्तिको संरक्षण गर्न नयाँ ढङगबाट अगाडि बढ्दा यस्तो अवस्था आएको बताए ।
उनले यसरी राज्यको आडमा केही व्यक्तिहरुले स्काउटको कार्यालय तोडफोड चोरी गर्ने तथा कर्मचारीहरुलाई धम्की दिने काम अत्यन्त निन्दनिय भएको बताए । भण्डारीले सार्वजनिक सम्पत्ती कब्जा गर्ने मनसाय स्काउट तोडफोड गर्ने घटनामा संलग्न व्यक्तिहरुलाई यथासक्य छिटो पक्राउ गरि कानुनी दायरामा ल्याई हदै सम्मको कारवाही गर्न सरकारसँग माग गरेका छन् ।
उनले स्काउट नेपाल सरकारकै एक अभिन्न अंग समेत रहेको सार्वजनिक कार्यालयमै समेत यस्तो किसिमको घटना हुनु मुलुकको सुरक्षा व्यवस्था प्रति नै चुनौति दिएको बताए । सार्वजनिक सम्पत्तीको तोडफोड र ल्यापटप चोरीमा संलग्न खड्काल्याण्ड डेभलपमेण्ट प्रा.ली. र संचालक दिपक खड्का लगायतलाई कानुनी कारबाही गर्न तथा सार्बजनिक सम्पत्तीको रक्षा गर्न र राष्ट्र सेवक कर्मचारीहरुको सुरक्षाका दिन सरकारसँग नेपाल स्काउटले माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया