आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
203
Shares

१. स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिएकोविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार, स्थानीय तहको निर्वाचन रोक्न अन्तरिम आदेश दिन नपर्ने ठहर ।

२. प्रदेश १ को नामाकरण आउँदो आइतबार गर्ने तयारी, नामका विषयमा ठूला दलहरू आ–आफ्नै अडानमा ।

३. एमसीसीविरुद्धको रिट सर्वाेच्च अदालतद्वारा दर्ता गर्न अस्वीकार, एमसीसी संसदमा पेस भइसकेकाले अब सर्वोच्चको क्षेत्राधिकारभित्र नपर्ने जिकिर ।

४. राष्ट्रघाती र राष्ट्रवादीहरू सँगै कुम जोडेर उभिन नमिल्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाइ, एमसीसी संसद्मा टेबल भइसकेकोले विपक्षीमा मतदान गर्ने दलहरू सरकारमा बसिरहन नमिल्ने तर्क ।

५. बृषेशचन्द्र लाल समूह लोकतान्त्रिक समाजवादी पार्टीबाट अलग्गियो, तराई मधेस लोकतान्त्रिक पार्टीलाई ब्युँताउने उद्घोष ।

६. माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यबीच खुमलटारमा भेटवार्ता, एमसीसीको पक्षमा मतदान नगर्न प्रचण्डलाई वैद्यको आग्रह ।

७. पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ४ सय २४ जनाको परीक्षणमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि, ८ सय ३१ जना संक्रमणमुक्त, ३ जनाको मृत्यु ।

८. चालू आर्थिक वर्षको ७ महिनामै मुलुकको व्यापार घाटा १० खर्ब नाघ्यो, १ खर्ब ३१ अर्बको वस्तु निर्यात गर्दा ११ खर्ब ४७ अर्बको वस्तु स्वदेश भित्रियो ।

९. नेपाली बजारमा सुनको मूल्य पछिल्लो १५ महिनायताकै उच्च, मंगलबार प्रतितोलामा ९७ हजार रुपैयाँमा कारोबार ।

१०. चालु आर्थिक वर्षको पहिलो ७ महिनामा २५ अर्ब २१ करोडको सुन नेपाल भित्रियो, युएई र टर्कीबाट ३६ सय ४३ केजी सुन भित्रिएको भन्सार विभागको तथ्यांक ।

११. साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से परिसूचक १७ दशमलव ४२ अंकले बढ्दा ३ अर्ब २१ करोडको कारोबार ।

१२. युक्रेन र रुसबीच तनाव बढेपछि तेलको मूल्य बढ्यो, तेल बजारको अन्तर्राष्ट्रिय मानांक सात वर्ष यताकै उच्च ।

१३. पूर्वी युक्रेनमा रुसी सेना पठाउन पुटिनको आदेश, रुसले आफ्नो सार्वभौमसत्ता उल्लंघन गरेको युक्रेनी राष्ट्रपतिको आरोप ।

१४. ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र एपीएफ क्लबबीचको खेल १(१ गोलको बराबरीमै सकियो, बराबरीसँगै पुलिसले १२ अंक र एपीएफले १५ अंक जोडे ।

१५. र, च्याम्पियन्स लिगअन्तर्गतको फुटबल खेलमा आज युभेन्टस् र भिल्ला रियल भिड्दै पछिल्लो ४ हारको बदला तिर्ने दाउमा युभेन्टस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?