धुलिखेल सामुदायिक अस्पतालको फार्मेसीमा म्याद गुज्रिएको औषधि फेला

काभ्रे । जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले धुलिखेल सामुदायिक अस्पतालको फार्मेसीबाट म्याद गुज्रिएको औषधी फेला पारेको छ । 

अनुगमनका क्रममा धुलिखेल सामुदायिक अस्पताल पुगेका संयुक्त टोलीले फार्मेसीबाट मानसिक रोगका लागि प्रयोग हुने औषधि इटाट्रम ५ एम्जी ३० वटा ट्यावलेट म्यद गुज्रिएको भटिएको हो । 

तर फार्मेसीका प्रमुख हिरामान शंखरले गगत नियतले औषधि बिक्री कक्षम क्याद गुज्रिएको औषधि नराखिएको जिकिर गरेका छन् । उनले भने, ‘हामीले यो म्याद गुज्रिएको औषधि छुट्टाएर तल लान राखेका हौँ, यो पनि आजै नै लैजादैँ थियौँ ।’

धुलिखेलमा जथाभावी सञ्चालनमा आएका फार्मेसीमा धेरै समस्या रहेको गुनासो आएपछि अनुगमन र नियमन तर्फ लागिएको सहयाक प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?