१८ आश्विन २०७९, मंगलवार

गगन थापा भन्छन्- ‘एमसीसीको विपक्षमा मतदान गरे सत्ता गठबन्धन भत्किन्छ’

२०७८,फाल्गुन,१०,मंगलवार १७:४९

243
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता साझेदार दलहरूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विपक्षमा मतदान गरे गठबन्धन भत्किने चेतावनी दिएका छन् ।

मंगलबार दिउँसो चितवनस्थित भरतपुर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।

थापाले संसद्‍मा टेबुल भएको एमसीसीको विपक्षमा मतदान गरे गठबन्धनको औचित्य समाप्त हुने बताए । थापाले भने, ‘सत्ता गठबन्धनमा सहभागी भएर त्यही सरकारले अघि सारेको प्रस्तावविरुद्ध मतदान गरिसकेपछि हामी विपक्षमा मतदान गर्छौं, तर बाँकी कुरामा सँगै जान्छौ भन्नु अनैतिक हो ?’

एमसीसीलाई यसअघिका सबै कम्युनिस्ट सरकारले समर्थन गरेकोले अहिले विपक्षमा उभिनु जायज नहुने थापाको भनाई छ ।

प्रकाशित मिति: २०७८,फाल्गुन,१०,मंगलवार १७:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिमुखी र स्वार्थी रवैयालाई प्रवद्र्धन गरेको भन्दै मधेस राजनीति र आन्दोलनको

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको नवौं दिन महानवमीमा नव दुर्गादेवीको पूजा आराधाना गरेकी छिन् । राष्ट्रपति भण्डारीले शीतल

हिन्दू धर्मावलम्बीहरुको महान चाड, दसैँ । जो हामीमाझ छ । उसो त विगतका २ वर्षभन्दा यसपालीको दसैँको चहलपहल राम्रै छ

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४