काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
मंगलबार सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
स्थानीय तहको निर्वाचनको मिति घोषणाविरुद्ध महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साह रिट दायर गरेका थिए । स्थानीय तहका जनप्रनिधिको अवधि ५ वर्षको हुने भन्दै जनप्रतिनिधिको अवधि ५ वर्ष नपुग्दै निर्वाचनको मिति तोकिएको भन्दै निर्णय खारेजीको माग गर्दै साहले सर्वोच्चमा रिट दिएका थिए ।
तर सुरुवा सर्वौच्च प्रशासनले दरपीठ गरिदिएको थियो । भने पछि दरपीठविरुद्ध निवेदन लिएर सर्वोच्च पुगेका साहले रिट दर्ता गर्न आदेश पाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया