काठमाडौं । स्वास्थ्य मन्त्रालय अन्तर्गतका योजना र कार्यक्रम निर्धारणमा स्वास्थ्य क्षेत्रको वर्तमान चुनौति र जिम्मेवारीलाई बेवास्ता गरेको भन्दै नेपाली कांग्रेसका सांसद गगन थापा आक्रोशित भएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा स्वास्थ्य मन्त्रालय अन्तर्गत विभिन्न शिर्षकको खर्च रकममा १ सय कटौतिको प्रस्ताव पेश गर्दै सांसद थापाले मन्त्रालय अन्तर्गतका योजना तर्जुमामा सरकारले उचित ध्यान नदिएको बताए ।
त्यस्तै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले आफुले अघि सारेका जनता स्वास्थ्य सेवा लगायत दीर्घकालिन महत्व राख्ने कार्यक्रमहरुलाई बीचैमा छाडिएको भन्दै आधारभुत स्वास्थ्य सेवा र बिमालाई सरकाले नबुझेको दाबी गरे ।
संविधानमा स्वास्थ्य लगायतका विषय मौलिक हकमा राखिएको उल्लेख गर्दे थापाले असोज भित्र सम्पन्न गर्नुपर्ने जनस्वास्थ्य ऐन, प्रजनन स्वास्थ्य ऐन लगायतका विषयमा कामै सुरु नगरिएकोमा असन्तुष्ठी जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया