कोरोना : १० हजारमा आइपुगे सक्रिय संक्रमित, कस्तो छ पछिल्लो अवस्था ?

लोकपथ
217
Shares

काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोनाका सक्रिय संक्रमितको संख्यामा कमि आएको छ । संक्रमणदरमा कमि आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको हो । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १० हजार ७सय ४७ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ४ सय २४ जनाको परीक्षण गर्दा २९९ जनाको पीसीआर र १७७ जनामा एन्टीजेन पुष्टि भएको हो ।

त्यसैगरी आज पनि संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेको छ । पछिल्लो २४ घण्टामा देशभरबाट थप ८ सय ३१ जना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५३ हजार ४ सय ३० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तैगरी हाल नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाको कारण ३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?