बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पाण्डे पक्राउ

लोकपथ
84
Shares

काठमाडौं । २२ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ८ घर भई हाल काठमाडौको नेपालटार बस्ने ४३ वर्षीय राम प्रसाद पाण्डेलाई पव्रmाउ गरेको हो ।

सिआईबीका अनुसार २०७७ पुस १६ गते नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ८ घर भई हाल काठमाडौको तारकेश्वर नगरपालिका मनमैजुमा श्रृष्टी प्र. फुल सप्लार्यस सञ्चालन गरी बस्ने पाण्डेले एनआईसी एशिया बैंकको मनमैजु शाखामा आफ्नो खाताबाट रकम भुक्तान हुने भनि उक्त खातामा पर्याप्त रकम मौज्दात नभएको जानी जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तानी हुन नसेको ठहर उच्च अदालत पाटनले २०७७ माघ दुई गते गरेको थियो ।

पाण्डेलाई अदालतले बैंकिङ कसुर तथा सँजाय ऐन २०६४ बमोजिमको कसुरमा २२ लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद हुने फैसला गरेको थियो । अदालतको उक्त फैसला पश्चात फरार रहेका पाण्डेलाई सिआईबीको फैसला कार्यान्वयन तथा खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले सोमबार पक्राउ गरी आज मंगलबार फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पाटनमा पेस गरेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?