१२ माघ २०७९, बिहीवार

बतास समुहले चलाइरहेको पशुपतिको धर्मशाला सरकारको स्वामित्वमा ल्याउछौँ : मन्त्री आले

२०७८,फाल्गुन,१०,मंगलवार १५:१९

117
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बतास समुहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताएका छन् ।

मंगलवार महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले बतास समुहलाई हटाउने सरकारको निर्णयमा सो समुहले लिएर आएको अल्पकालीन आदेश समेत अदालतले खारेज गरिसकेकाले छिटोभन्दा छिटो धर्मशाला फिर्ता ल्याइने बताएका हुन् । विगतका प्रतिनिधिले धर्मशाला कौडीको भाउमा बेचेको भन्दै उनले अब त्यस्तो कदम सह्य नहुने बताए । मन्त्री आलेले पशुपतिप्रति गिद्धे दृष्टि लगाउनेहरुको कहिल्यै कल्याण नहुने बताए ।

उनले भने – ‘भारतीय सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड भारु पैसा दिएर धर्मशाला निर्माण गर्न दिएको त्यो भवन आज कौडीको भाउमा विगतको प्रतिनिधिले त्यसलाई बेच्ने कामहरु गरेका छन् । त्यो कतैपनि सह्य हुनेवाला छैन । र हिजो मात्रै हामीले अल्पकालीन आदेश लिएर आउनुभएको थियो बतास अर्गनाइजेशनले त्यो अल्पकालीन आदेशपनि खारेज भइसकेको अवस्था छ । त्यसोभएको हुनाले पशुपतिले सबैको रक्षा गर्नेछन् । जसले पशुपतिप्रति गिद्धे दृष्टि लगाउँछ, त्यसको कहिल्यै पनि कल्याण हुनेवाला छैन । हुँदा पनि हुँदैन । कम्तिमा आज हामीसँग त्यो धर्मशाला भएको भए करिब ४०० भन्दा बढी बाबाहरुलाई त्यहाँ राख्न सकिन्थ्यो । वृद्धहरुलाई त्यहाँ राख्न सकिन्थ्यो । तर त्यो भएन । तर मलाई लाग्छ छिट्टै नेपाल सरकारको त्यो सम्पती भारत सरकारले गरेको जो सहयोग धर्मशालाको लागि त्यो अवश्यपनि हामी छिटोभन्दा छिटो फिर्ता ल्याउनेछौँ भन्ने म राख्न चाहान्छु ।’

पशुपति क्षेत्र विकास कोषको अध्यक्ष समेत रहनुभएका मन्त्री आलेले यस वर्षको महाशिवरात्री पर्व विगतका वर्षहरुभन्दा भव्य र सभ्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिए । महाशिवरात्री पर्वलाई भव्य र सभ्य बनाउन कुनैपनि कसर बाँकी नराख्न उनले निर्देशन समेत दिए ।

धर्मावलम्बीहरुलाई सहज रुपमा पानिको व्यवस्था, बत्तिको व्यवस्था मिलाउनेदेखि सरसफाइमा विशेष ध्यान दिन मन्त्री आलेले निर्देशन दिए ।

उनले भने – ‘शिवरात्री जसरी हामीले मनाउँदै आएका थियौँ । त्यो भन्दा भव्य र सभ्य मनाउने गरी यसपालिको तयारी भइराखेको छ । म उपसमितिका साथीहरुलाई आग्रह गर्न चाहान्छु, कुनै पनि कसर बाँकी नराख्नुहोस् । कुनैपनि ठाउँमा ढुंगा, फोहोर, माटो अथवा धर्मावलम्बीहरु आउँदाखेरी पानिको व्यवस्था होस् । ट्वाइलेटको सरसफाई होस् । यि सबै कुरा पुरा होस् । जहाँ जहाँबाट भक्तजनहरु पुजा आराधानाका लागि आउनुहुन्छ, उहाँहरुलाई हरेक ठाउँमा लाइटिङको व्यवस्था होस् । जस्तो दिउँसो हुन्छ उस्तो राति पशुपति झल्किनेगरी त्यो कामपनि होस् भनेर मैले साथीहरुलाई भन्दै आएको छु ।’

यस वर्षको महाशिवरात्री पर्व फागुन १७ गते मंगलवारका दिन परेको छ । यस वर्ष सो दिन पशुपति क्षेत्रमा १० लाख दर्शनार्थी मेला भर्न तथा दर्शन गर्न आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। मिलन कुमार थापाले बताए ।

पर्वलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री तथा कोषका अध्यक्ष प्रेमबहादुर आलेको अध्यक्षतामा मुल समारोह समिति र विभिन्न १० वटा उपसमिति गठन भएको उनले जानकारी दिए । मेलामा आउने दर्शनार्थीहरुको सुरक्षाका लागि १० हजार सुरक्षाकर्मी परिचालन गरिने पनि उनले उल्लेख गरे । सो दिन दर्शनार्थीलाई सहजताका लागि डिजिटल बत्तिको व्यवस्था गरिने तथा मन्दिर क्षेत्रमा आउनुहुने साधु, सन्तहरुको भोजन र आवासका लागि कोष सचेत रहेको उनको भनाई छ ।

प्रकाशित मिति: २०७८,फाल्गुन,१०,मंगलवार १५:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको विकासमा भारतको महत्वपूर्ण योगदान रहेको बताएका छन् । भारतको ७४औँ गणतन्त्र दिवसका

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सीमित स्रोत साधनका बीच पर्यटक प्रहरीले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पर्वत आएका पदम गिरीले अबको पाँच वर्षभित्र जिल्लाभित्र रहेका सबै वडा कालोपत्र

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिसमा प्रदेशका मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाललाई नियुक्त गरेका छन्

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६