कांग्रेस धनुषाको सभापतिमा कोइराला समूहबाट यादवले गरे उम्मेदवारी घोषणा

लोकपथ
650
Shares

काठमाडौं । नेपाली कांग्रेस धनुषाको जिल्ला सभापतिका लागि दिनेश प्रसैला ‘यादव’ ले उम्मेवारी घोषणा गरेका छन् ।

उनले मधेश प्रदेशको राजधानी जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै डा. शेखर कोइरालाको समूहबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

सो कार्यक्रममा उपस्थित पार्टीका सहमहामन्त्री बद्री पाण्डेले यादव कोइराला समूहको आधिकारीक उम्मेदवार भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै उम्मेदवार यादवले आफू जित्ने दाबी गर्दै जितपछि धनुषाको चारवटै निर्वाचन क्षेत्रमा कांग्रेसको जित पक्का हुने प्रतिबद्धता जनाएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बाँकी १६ जिल्लाको निर्वाचन एकैपटक फागुन १३ गते हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?