तोलामा ९७ हजार पुग्यो सुनको मूल्य

लोकपथ
208
Shares

काठमाडौं । नेपाली बजारमा सुनको भाउ मंगलबार तोलामा आठ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार मंगलबार चाँदी तोलाको एक हजार तीन सय १५ रुपैयाँ निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?