फ्रान्स विश्वकपको नकआउट चरणमा प्रवेश, पेरु बाहिरियो

रसिया। पूर्व विश्व विजेता फ्रान्स २१ औ संस्करणको विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । 

एकाटेरिङवर्ग एरिनामा भएको समूह ‘सी’ दोस्रो खेलमा उपाधी दाबेदार मानिएको फ्रान्सले पेरुलाई १—० गोल अन्तरले पराजित गदै अघिल्लो चरणमा प्रवेश गरेको हो । फ्रान्स समूहको अन्तिम खेल खेल्नु अगावै प्रतियोगिताको  प्रि—क्वाटरफाइनलमा पुगेको हो । 

निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको ३४ औ मिनेटमा फ्रान्सका लागी क्यालियन एम्बापेले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । सन् १९९८ मा जन्मिएका युवा खेलाडी एम्बापेले विश्वकपमा गरेको यो पहिलो गोल हो ।

जारी विश्वकपमा एम्बापे पहिलो गोल गर्ने युवा खेलाडी समेत बनेका छन् । खेलको पहिलो हाफसम्म १—० गोल अन्तरको अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा गोल संख्या बढाउँन सकेन् । निर्धारित समयसम्म पेरुले पनि केही राम्रा गोल गर्ने अवसर पाएपनि सदुपयोग भने गर्न सकेनन् र खेलमा पराजय ब्यहोर्यो । 

समूह चरणको पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई २–१ गोलले पराजित गदै महत्वपूर्ण ३ अंक जोडेको थियो । ३६ वर्षपछि विश्वकपमा फर्किएको पेरु समूह चरणबाटै बाहिरिएको छ ।

जितपछि ६ अंक बनाएको फ्रान्स तालिकाको पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको डेनमार्कको ४ तथा १ अंक सहित अस्ट्रेलिया तेस्रो स्थानमा छ ।  

अब फ्रान्सले आफ्नो समूहको अन्तिम खेल डेनमार्कसँग खेल्नेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?