दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४०४ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको रा२प ८९२४ नंको मोटरसाइकललाई घोराहीको गोग्ली नजिक आज ठक्कर दिएको हो ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–३ कुहिरेपानीका १९ वर्षीय अर्जुन खड्का रहेको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । खड्काको घटनास्थलमै मृत्यु भएको हो । घटानापछि मृतकका आफन्तले लमही–घोराही सडकखण्ड दिनभर अवरुद्ध गरेका थिए । भीड नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको बताइएको छ । ट्रक चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया