काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुको विरुद्धमा एकसाता भित्रमा कारबाहिको दायरा भित्र (ठेगान लगाउने) ल्याउन लागेको बताएका छन् ।
सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस –२०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस –२०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले एक साता भित्रमा देशलाई ठग्नेहरुका विरुद्धमा कडा कदम चाल्न लागेको बताएका हुन् ।
उनले आजसम्म देशलाई ठग्नेहरुका विरुद्धमा आफुले गरेका काम ट्रेलर मात्रै भएको उल्लेख गर्दै एक साता भित्र पुरा फिल्म देखिने गरी काम गर्ने बताए ।
मन्त्री आलेले विगतका सरकारले गरेका फोहोरका डङ्गुर हटाउन आफु लागिपरिरहेको बताए। उनले हालै सार्वजनिक भएको अडियो टेपको सन्दर्भमा आफुले बोल्दाखेरी तलमाथि पर्न गएको स्वीकार गरे । बोल्दा तलमाथि भएको भएपनि आफ्नो मनमा कुनै पाप नभएको उनले प्रष्ट पारे ।
आफुलाई पटक–पटक फोन गरी उत्तेजित बनाएका कारण आवेशमा एक पटक त्यस्तो बोल्न पुगेको भएपनि इडिट गरेर अडियो सार्वजनिक गरिएको उनले बताए । सो अडियो पूर्ण सत्य नभएको उनले प्रष्टिकरण दिए ।
मन्त्री आलेले आफुमा जनजातिको छोरा भएका कारणले भाषा, संस्कृतिमा कमि भएपनि आत्मा पवित्र रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया