काठमाडौं । सत्तारुढ दल एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विपक्षमा उभिने भएको छ ।
आज बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले एमसीसीको विपक्षमा उभिन सबैलाई भन्न निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
एमसीसी पास गर्ने सर्तमा सरकारमा नगएको बताउँदै उनले सो कुरा बताएका हुन् ।
‘हिजो दर्ता गरिएको एमसीसी प्रस्तावको विपक्षमा मतदान गर्ने र त्यसका निम्ति वातावरण निर्माण गर्ने दुवै काममा हामी लाग्नेछौँ।’ उनले भने, ‘एमसीसी पास गर्ने सर्तमा सरकारमा गएको होइनौँ । सरकारमा जानु राष्ट्रिय आवश्यक्ता थियो । त्यसैले सरकारमा जाने र एमसीसीको विरोध गर्ने कुरालाई जोड्नुहुँदैछ । ’
शनिबार बसेको एसको स्थायी समितिको बैठकले संसदमा एमसीसी टेबल गर्न दिने निर्णय गरे पनि आइतबार एमसीसी पेस हुँदा पार्टीले विरोध जनाएको थियो ।
एमसीसीबारे थप निर्णय गर्न एकीकृत समाजवादीले भोलिका लागि पुनः सचिवालय बैठक बोलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया