मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सेयर बजारको लागि सकारात्मक छ : विश्लेषक भट्टराई

लोकपथ
806
Shares

काठमाडौं । सेयरबजार विश्लेषक अनलराज भट्टराईले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सेयर बजारको लागि सकारात्मक रहेको बताएका छन् ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको विषयमा प्रतिक्रिया दिँदै मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा नेपाली सेयर बजारको लागि सकारात्मक रहेको बताएका हुन् ।

उनले शेयर बजारलाई मौद्रिक नीतिले कुनै पनि प्रभाव नपार्ने जिकिर गरे । भट्टराईले अहिले दैनिक ५ देखि ६ अर्बको सेयर कारोबार भइरहेको र प्रत्यक्ष सेयर कर्जा मात्रै ८७ अर्ब बढी पुगेको अवस्थामा सेयर कर्जा घटाएको कारण बजार बिग्रियो भन्नु समाचार मात्रै भएको टिप्पणी गरे ।

उनले पछिल्लो समय छोटो समयमा धेरै कमाउने ढङगले नियोजित रुपमा सेयर बजारमा चलखेल गर्नको लागि मौद्रिक नीतिको असर भन्ने गरिएको बताए । राष्ट्र बैंकले सेयर कर्जामा ४-१२ को नीतिले लगानीकर्तालाई असर नगर्ने उनले बताए ।

भट्टराईले लगानीकर्ता आफू सक्षम भएर समाचारको पछि लाग्न नहुने जानकारी दिए । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत साना लगानीकर्तालाई संरक्षण गर्ने काम गरेको तर ठूला लगानीकर्ताहरुले चलखेल गरेको भट्टराईले दाबी गरे ।

अहिले राष्ट्र बैंकको मौद्रिक नीतिको विरोध गर्नु ठूला लगानीकर्ताको नाफा कमाउने तरिका मात्रै भएको उनको भनाइ छ ।

त्यस्तै, भट्टराइले सरकारले छोटो तथा लामो समय कारोबार गर्ने सेयर लगानीकर्ता छुट्याउनु पर्ने बताए । सरकारको उद्देश्य शेयर बजारलाई दीर्घकालिन लगानी ल्याउने उद्देश्य भएकाले लोमा समय शेयरमा लगानी गर्नेलाई सहुलियत र छोटो समयमा नाफाको लागि कारोबार गर्ने लगानीकर्तालाई कर बढी लगाउनु पर्ने भट्टराइले बताए । उनले यस्तो गरे मात्रै सेयर बजारस्थिर हुनसक्ने बताए ।

राष्ट्र बैंकले सेयर बजारको लागि बनाएको नीति बजार घटबढ होस भन्ने हिसाबले नबनाएको भट्टराइले बताए । उनले राष्ट्र बैंकको प्रमुख उद्देश्य भनेको वित्तीय स्थायीत्व बनाउने हो बैंकलाई सेयर बजार ३२ सय वा १२ सयमा आए पनि इन्डेक्ससँग मतलब राख्ने बताए ।

राष्ट्र बैंकले सेयर बजारलाई प्रत्यक्ष रुपमा नियन्त्रण नमिल्ने उनको भनाई छ । भट्टराइले राष्ट्र बैंकको बैंक ब्याजदर बढाउने नीतिले बजारलाई प्रभाव पार्ने बताए । राष्ट्र बैंकले सेयर बजार तलमाथि जान्छ भनेर बैंकको ब्याजदर परिर्वतन नगर्ने राष्ट्र बैंकको नीति नभएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?