ओलीको आपत्ति : ‘सरकारमा हुने क्रान्तिकारीहरुले बाटा भत्काए’

लोकपथ
161
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा बसेका दलहरुले दोहोरो चरित्र देखाएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार कालु पाँडेको समाधिस्थलमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमसीसीका विषयमा सत्तारुढ दलकै शीर्ष नेताहरुले दोहोरो चरित्र देखाएको बताए ।

एमसीसीकाविरुद्धमा भइरहेको आन्दोलनमा प्रहरीमाथि दमन भएको बताउँदै सडकमा क्रान्तिकारी भनिनेहरुले बाटा भत्काएको बताए ।

‘सरकारमा हुने क्रान्तिकारीहरुले बाटा भत्काए । बाटा बनाउन पर्ने ठाउँमा बाटा भत्काएका छन् । बाटा भत्काएका छन् नभत्काउन भन्ने कोही छैन’, ओलीले भने ।

नेताहरुले जनताका छोराछोरीलाई सडकमा ल्याएर ढुंगा हान्न लगाएर आफूहरुले सदन र सडक दुवै कब्जा गरेको बताए ।

‘एकथरीलाई सडकमा जाउ भन्ने एकथरिलाई सदनमा आउ भन्ने । आज जनताको छोराछोरीहरु सडकमा आएका छन्’, उनले भने ।

उक्त कार्यक्रममा बोल्दै ओलीले पृथ्वीनारायण शाहले कीर्तिपुर एकिकरण गरेको इतिहासबारे समेत प्रस्ट पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?