बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा खाताबीचको खाडल उच्च

लोकपथ
273
Shares

काठमाडौं । बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा खाताको बीचको खाडल उच्च देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा २७ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरुसहित ६१ वटा संस्थाहरुमा कुल चार करोड १८ लाख ३८ हजार चार सय ९१ वटाम निक्षेप खाताहरु सञ्चालनमा रहेका छन् ।

सोही अवधिमा यी संस्थाहरुमा रहेको कुल कर्जा खाताको संख्या भने १८ लाख एक हजार पाँच सय ५४ मात्र देखिनुले पनि बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा खाताबीचको खाडल उच्च देखिएको हो ।

चालू आवको पछिल्लो छ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले चार करोड १८ लाख ३८ हजार चार सय ९१ वटा निक्षेप खातामार्फत ४९ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले १८ लाख एक हजार पाँच सय ५४ वटा कर्जा खातामार्फत ४६ खर्ब ७५ अर्ब ८१ कारेड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसअनुसार चार करोडभन्दा बढी निक्षेप खातामार्फत जम्मा भएको निक्षेप रकम १८ लाख कर्जामार्फत कर्जा प्रवाह हुनुले पनि नेपाली बैंकिङ क्षेत्रमा निक्षेप तथा कर्जा खाताबीचको खाडल उच्च देखिएको हो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो छ महिनामा वाणिज्य बैंकहरुले मात्र तीन करोड ५७ लाख ८० हजार दुई दुई सय ९२ वटा निक्षेप खातामार्फत ४३ खर्ब २५ अर्ब ५८ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरुले १४ लाख ५३ हजार सात सय ३३ वटा कर्जा खातामार्फत ४१ खर्ब ५० अर्ब ३७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

सोही अवधिमा विकास बैंकहरुले भने ४८ लाख ५० हजार चार सय १९ वटा निक्षेप खातामार्फत चार खर्ब ८३ अर्ब ५२ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन लाख आठ हजार पाँच सय ९६ वटा कर्जा खातामार्फत चार खर्ब ३८ अर्ब ३७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो छ महिनाको अवधिसम्ममा फाइनान्स कम्पनीहरुले भने १२ लाख सात हजार सात सय ८० वटा निक्षेप खाता मार्फत ९५ अर्ब ६१ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

यसअवधिमा फाइनान्स कम्पनीहरुले ३९ हजार दुई सय २५ वटा खातामार्फत ८७ अर्ब सात करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?