काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारी समितिको बैठक बोलाएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय तहको निर्वाचन, पार्टीको विधान अधिवेशन, लगायतका विषयमा छलफल गर्न बैठक बोलाएको हो ।
सोमबार अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै पदाधिकारी तथा सदस्यसमितिको सदस्यहरुलाई बोलाएका छन् ।
‘देशको वर्तमान राजनीतिक परिस्थिती, स्थानीय तहको निर्वाचन, पार्टीको विधान अधिवेशन, एमसीसी लगायतका विषयमा आवश्यक छलफल गरी निर्णय गर्नका लागि निम्न लिखित मिति, स्थान, र समयमा केन्द्रीय कार्यकारी समितिको बैठक राखिएको हुँदा उक्त बैठकमा सहभागी भई दिन हुनका लागि हार्दिक अनुरोध गरिन्छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
जसअनुसार बैठक फागुन १३ गते शुक्रबार बिहान ११ बजे बस्नेछ ।
सरकारले आइतबारको बैठकमा एमसीसी पेस गरेको छ । सत्तारुढ दल जसपाको एमसीसीका विषयमा स्पष्ट धारणा ल्याउन सकिरहेको छैन । जसपाको कार्यकारीणी समितिका अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसी पास गर्नुपर्ने कित्तामा उभिएका छन् भने अध्यक्ष यादव पक्ष भने यथास्थितीमा पास गर्न नहुने पक्षमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया