एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

लोकपथ
221
Shares

काठमाडौं । नेकपा एस (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यलयमा केहिवेर अघि बैठक सुरु भएको पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल भइसकेपछिको परिस्थितिबारे छलफल हुंदैछ ।

नेकपा एसभित्र एमसीसीलाई समर्थन गर्ने नगर्नेबारे बिबाद चर्केको छ । अध्यक्ष माधव कुमार नेपाल एमसीसीको पक्षमा छन् भने सम्मानित नेता झलनाथ खनालले टेबुल भएकोमा बिरोध जनाउँदै आएका छन् ।

अध्यक्ष नेपाल पक्षले एमसीसी परिमार्जनको अडानसहित सदनमा टेबुल गर्न सरकारलाई सैद्धान्तिक सहयोग गरेको बताएको छ ।

अव परिमार्जनको विषय सदनमा उठाउने शहरी विकास मन्त्री समेत रहेकी नेकपा एसकी नेतृ रामकुमारी झाक्रीले बताइन् ।

आजको बैठकमा एमसीसीको सम्बन्धमा संसदमा अपनाइने रणनीतिका विषयमा छलफल हुने नेकपा एसकी नेतृ पार्वती कुमारी विशुन्खेले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?