काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी जनाको मृत्यु र जना घाइते भएका छन् ।
सुनसरी, भोक्राहा नर्सिह गाउँपालिका-५ स्थित सडकमा प्र १-०२-०४१ प २१५५ नम्बरको स्कुटरलाई प्र २-०१-००१ झ ००२८ नम्बरको एम्बुलेन्सले आइतबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक ईनरुवा नगरपालिका-५ बलाहा बस्ने ३८ वर्षीया निर्मला उरावको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै रोल्पा, लुङ्ग्री गाउँपालिका-४ जलुकेस्थित सडकमा रा.१ ख १७८७ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा टिपरमा सवार लुङ्ग्री गाउँपालिका-२ बस्ने ३७ वर्षीय अमृत बहादुर वलिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपरमा चालक सहित ४ जना सवार रहेको बुझिएपछि अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी दाङ, घोराही उपमहानगरपालिका-३ भानपुरचोकस्थित सडकमा प्र १-०२-००१- ख ९४०४ नम्बरको ट्रकले रा.२ प ८९२४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोही क्रममा आइतबार नुवाकोट, किम्ताङ गाउँपालिका-३ किटनीबगरस्थित सडकमा साल्मेबाट त्रिशुलीतर्फ आउँदै गरको बा.प्र.०१-००६ ख १५४१ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खेतमा खसेर आइतबार बिहान दुर्घटना हुँदा बसमा सवार ८० जना घाइते भएका छन् ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी चौकी फिकुरेबाट खटिएको प्रहरीले घाइतेहरूलाई उद्धार गरी उपचारको लागि त्रिशुली अस्पताल नुवाकोट पठाएको हो । घाइतेहरूमा ३९ जना पुरुष, ३० जना महिला, ६ जना बालक र ५ जना बालिका रहेकोमा १८ जनाको अवस्था गम्भीर रहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनाका सन्दर्भमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया