काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) मा विवाद भएपछि सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सचिवायल बैठक बोलाएको छ ।
एमसीसीका विषयमा पार्टीका नेताहरुबीच मत बाझिएपछि आज (सोमबार) दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाइएको हो ।
यसअघि शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेस गर्न दिने निर्णय गरेको थियो । तर एमसीसी सम्बन्धी छलफलका लागि बनाइएको कार्यदलको संयोजकसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदमा पेस गर्ने विषयमा निर्णय नै नभएको बताएका थिए ।
शनिबारको बैठकले एमसीसी संसदमा पेस गर्न दिए पनि संशोधनबिना अनुमोदन गर्न नदिने निर्णय गरेको थियो । तर आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुँदा एकीकृत समाजवादीका सांसदहरुले विरोध गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया