रोल्पा । रोल्पाको लुङग्री गाँउपालिका–४ जलुकेमा आइतबार राती टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा टिपरका चालक घाइते भएका छन् ।
मृत्यु हुनेमा टिपरमा सवार लुङग्री गाँउपालिका–२ का ३७ वर्षीय अमृत बहादुर वली रहेका छन् । घाइते भएका उनको उपचारको क्रममा सुलिचौर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।
चालकलाई उपचारको लागी बुटवल स्थित लुम्बिनी सिटि अस्पताल पठाइएको छ ।
लमहीबाट ईट्टा लिएर सिर्प तर्फ जादै गरेको रा१ख १७ ८७ नम्बरको टिपर अनियन्त्रीत भएर पल्टीएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया