नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले यथास्थितिमा एमसीसी प्रस्ताव संसदबाट अनुमोदन गर्न नसकिने बताएका छन् । आफूहरु पार्टीको शनिबार बसेको स्थायी कमिटीको बैठकको निर्णयप्रति प्रतिबद्ध रहेको उनको भनाइ छ ।
‘असहमति र विरोधका बीच संसदमा टेबल गरिएको विषयप्रति केवल सांसदहरूको मात्र होइन सबै तहका जनताको विरोध वा समर्थन हुन सक्दछ । यसो गर्न पाउनु हाम्रै संघर्षबाट स्थापित लोकतान्त्रिक एवम् जनताको अधिकारको बिषय हो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै गरिएको प्रदर्शनमा गरिएको दमन र बल प्रयोगप्रति गम्भीर असहमति सहित बिरोध गर्दै उनले घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया