एमसीसी संसदमा पेश हुनु लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मकः बाबुराम

लोकपथ
0
Shares

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक भएको बताएका छन् ।

संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गर्नुपर्ने पनि ट्वीटरमार्फत बताएका छन् ।
‘जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितकानिम्ति सकारात्मक छ’, उनले भने, ‘संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गरौं ।’
उनले दलीय, गुटीय आग्रह र शक्तिकेन्द्रहरूका दबाबमा नभई सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय लिइनुपर्नेमा पनि जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?