कांग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेलामा कार्यकर्ताले नेता नचिनेपछि !

हेटाैंडा : नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा बन्दसत्रबारे विवाद भएको छ।

बन्दसत्र हुने हलको प्रवेशद्वारमा बसेका स्वयंसेवकहरूले 'पार्टीका नेता' नै नचिनेपछि रामचन्द्र पाैडेललार्इ बन्दसत्रमा प्रवेश गर्न नदिर्इ फर्काएका छन् । प्रवेश पास हराएका भनिएका नेता प्रकासशरण महतलार्इ भने विमलेन्द्र निधीले तानेर हलभित्र लगेका छन् । 

पार्टी सभापति शेरबहादुर देउवाको कडा अालोचना गरिरहेका वरिष्ठ नेता रामचन्द्र पाैडेल र कृष्ण सिटाैला पक्षधर जिल्ला सभापतिहरू र देउवा पक्षधरबीचको रस्साकस्सी जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा पनि देखिएको हो । 

बन्दशत्रमा उठान हुने विषय बाहिरिएको भन्दै भेलामा चर्को होहल्ला भएको छ । स्वयंसेवकहरूले छानीछानी नेताहरूको गाडी प्रवेश गर्न नदिएको पाैडेलपक्षको अारोप छ ।

भिडियो ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?