सेवा र विकासका लागि युवाकाे बागमती प्रदेश कार्य समिति घाेषणा

लोकपथ
140
Shares

काठमाडौं । सेवा विकासका लागि कार्य गर्ने संस्था सेवा र विकासका लागि युवाकाे बागमती प्रदेश कार्य समिति घाेषणा भएको छ ।

शनिबार सानेपाकाे नेसनल कलेजमा आयाेजना गरिएको कार्यसमिति सुभारम्भ तथा सम्मान कार्यक्रममा कार्यक्रममा ‘बागमती प्रदेश सेवा र विकासका लागि युवा’काे कार्यसमिति घाेषणा गरिएको थियोे ।

युवाहरूलाई सेवा र विकासकाे कार्यमा अगाडि बढाउने उदेश्यका साथ बागमती प्रदेशका युवाहरूकाे सहभागीतामा एक सुभारम्भ तथा सम्मान कार्यक्रममा आयाेजना गरी सेवा र विकासका लागि युवा संस्थाकाे बागमती प्रदेश कार्यसमिति गठन भएको हाे ।

प्रजातन्त्र दिवसकाे अवसर पारेर सानेपाकाे नेसनल ल कलेजमा आयाेजना गरिएको कार्यक्रममा बैंकिङ, शैक्षिक , न्यायिक, संचार, मेडिकल , प्रशासनिक, हाेटल, सुरक्षा क्षेत्रमा कार्यरत युवाहरूकाे नेतृत्वम विदुर विक्रम थापाकाे संयाेजकत्वमा सेवा र विकासका लागि युवा संस्थाकाे सुभारम्भ भएको हाे ।

नेपाल सरकार गृह मन्त्रालयका उपसचिव कृष्ण पाैडेलकाे प्रमुख आतिथ्यमा घाेषणा भएको कार्यसमितिमा संयाेजक विदुर विक्रम थापा, सह-संयाेजक प्रेमराज न्याैपाने, सचिव डिल्लीराम सङग्राैला , सह- सचिव नवराज, ढकाल काेषध्यक्ष विजय माैर्य , कानुन क्षेत्र शिव भूषाल, महिला क्षेत्र मनिका शाही , सम्पर्क प्रमुख सचिन लामिछाने, संचार प्रमुख जानुका दुवाडी , सदस्यहरू डिल्लीराज भण्डारी, अर्पण पाैडेल, विष्णु पन्थी , डा आयुषमा खडका र प्राज्ञिक विद्यार्थी परिषद् नेपाललका प्रदेश संगठन सचिव पदेन सदस्यरहने व्यवस्था छ, भने सल्लाहकारहरूमा नेपाल संस्कृति विश्वविद्यालयका अनुसन्धान निर्देशक डा.काशीनाथ न्याैपाने, सशस्त्र कलका पूर्व एसएसपी शम्भु उप्रेती, डा.डिल्लीराम अधिकारी , डा.दयाराम भूषाल, केन्द्रीय व्यवस्थापन विभागका विभागिय प्रमुख डा. रामजी गाैतम रहेका छन् ।

 

कार्यक्रममा शुभकामना मनतव्य दिदै सशस्त्र प्रहरी बलका पूर्व एसएसपी शम्भु उप्रेतीले विश्वकाे धेरै देशहरू घुमे तर हाम्रो देशकाे जस्तो स्वर्ग अरू कुनै पनि देश नभेटेकाे र याे देशलाई समृद्ध बनाउन सेवा र विकास संस्थाले बागमती प्रदेशमा कार्य थालनि गरेकाेमा खुसि व्यत्त गर्दै आफ्नाे तर्फबाट शुभकामना सहित जस्तो सुकै सहयोग गर्न तयार रहेकाे प्रतिबद्धता व्यक्त गरे ।

उनले देश विकास गर्न अब सामाजिक क्षेत्रबाट अगाडि बढने घाेषणा पनि गरे ।

साथै कार्यक्रमका प्रमुख अतिथि उप सचिव कृष्ण पाैडेलज्युले संस्कार, सीप , समृद्धि , सेवा र विकास शब्दहरूले धेरै कुराहरूलाई समेटेकाे र सेवा र विकास संस्थाले समाजमा धेरै राम्रो कार्य गर्ने कुरामा विश्वास व्यत्त गर्दै राष्ट्रमा एउटा राम्रो सिस्टमकाे आवश्यक परेकाेले प्रशासनिक क्षेत्रमा काम गर्ने र बाहिर रहेर काम गर्ने सरकारवालाहरूले अब देशमा एउटा राम्रो सिस्टमकाे विकास गर्नका लागि जाेडदिनु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकार गृह मन्त्रालयका उप सचिव कृष्ण पाैडेल, विशिष्ट अतिथि पुर्व एस एस पि एवम् सामाजिक अभियन्ता शम्भु उप्रेती, डा डिल्लीराम अधिकारी, पुर्व प्रशासक श्री चिरञ्जीवी थापा,प्राज्ञिक व्यक्तित्व यदुप्रसाद कण्डेल, प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल लगायत व्यवसायिक, शैक्षिक , पत्रकार, शिक्षक र अन्य व्यत्तिहरूकाे उपस्थिति रहेकाे थियोे ।

४ बर्ष अगाडि सामाजिक एवम् व्यवसायी राजु सापकाेटाकाे अध्यक्षता र सचिव विपिन कंडेलकाे नेतृत्वमा चितवनबाट प्रारम्भ भएको सेवा र विकासका लागि युवाले विभिन्न सेवाका कार्यहर , कपडा बैंक, छात्रावृत्ति वितरण, विपत व्यवस्थापन , सीप विकास केन्द्र संचालन जस्ता महत्त्वपूर्ण कार्यहरू गर्दै आईरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?