आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
140
Shares

१. लामो समयको विवादपछि अन्ततः एमसीसी संसदमा टेबल, कांग्रेसबाहेक अन्य सत्तापक्षकै सांसदहरूको विरोध, फागुन १२ गतेको बैठकमा छलफल गरिने ।

२. प्रतिनिधिसभामा एमसीसी पेस भएकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा खुसी व्यक्त, अब छिटै दफावार छलफलछि पास हुने देउवाको प्रतिक्रिया ।

३. संशयमा रहेका जनतालाई जवाफ दिन एमसीसी संसदमा टेबुल भएको कानुनमन्त्री बडूको भनाइ, पास वा फेल जे भए पनि संसदमै हुने प्रतिक्रिया ।

४. एमसीसी पास गर्न समर्थन नजनाउने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भनाइ, गठबन्धन बैठकमा एमसीसी पास गर्न सहमति गरी दोहोरो चरित्र प्रस्तुत गरेको सांसदहरूको आरोप ।

५. आफूहरूलाई गठबन्धन बैठकमा बोलाउनै छाडको प्रति राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको गुनासो, एमसीसी सम्झौताको विरोधमा बोलेकै कारण बेवास्ता गरेको आरोप ।

६. गठबन्धनको निर्णयमा नेकपा एसका नेता झलनाथ खनालको आपत्ति, विदेशीको दबाबमा पार्टीहरू झुकेको आरोप ।

७. एमसीसी राष्ट्रघाती भए विरोधीहरूले आफ्ना अध्यक्षविरुद्ध मुर्दावादको नारा लगाउनुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाइ, सरकारमा बसेर सरकारले ल्याएको विधेयकमा विरोध नजनाउन आग्रह ।

८. एमसीसी टेबलको विषयमा नेकपा एमालेका नेता भीम रावलको कटाक्ष, प्रतिपक्षी दलले विरोध गरिरहँदा कुनै पनि विधेयक पेस गर्न नहुने टिप्पणी ।

९. ६ महिनामा विद्युत् प्राधिकरणले १२ अर्ब १२ करोड नाफा कमायो, वार्षिक नाफा १५ अर्ब नाघ्ने प्रक्षेपण ।

१०. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ८ सय १५ परीक्षणमा थप २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ३ सय ३८ जना कोरोना संक्रमणमुक्त, ४ जनाको मृत्यु ।

११. आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से परिसूचक ३९ दशमलव ४ अंकले घट्दा ४ अर्बमाथिको कारोबार, १७१ कम्पनीको सेयर मूल्य घट्यो ।

१२. क्यानडामा संसद भवनअगाडिको प्रदर्शनले लियो उग्र रूप, १७० भन्दा बढी प्रदर्शनकारी र ३८ ट्रकहरू नियान्त्रणमा ।

१३. युरोपमा युनाइस आँधीका कारण कम्तीमा १३ जनाको मृत्यु, आयरल्यान्ड, नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी र पोल्यान्ड सबैभन्दा प्रभावित, बेलायतमा १० लाख घर–परिवार अन्धकारमा बस्न बाध्य ।

१४. राखेपको सदस्य–सचिवको नयाँ नियुक्ति र बर्खास्तीसम्बन्धी सर्वोच्च अदालतमा परेको रिटको आज पनि भएन सुनुवाइ, मन्त्रिपरिषदको निर्णयविरुद्ध परेको रिट निरन्तर हेर्दाहेर्दैमा राखिँदै ।

१५. र, चीनको बेइजिङमा सम्पन्न विन्टर ओलम्पिक २०२२ मा नर्वेले चुम्यो सर्वाधिक १६ स्वर्ण, जर्मनी दोस्रो र आयोजक चीन तेस्रो स्थानमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?