नवनियुक्त बोर्ड अध्यक्ष हमालद्धारा पदबहाली

लोकपथ
104
Shares

काठमाडौं । नेपाल सरकार, मन्त्री परिषदको बिहीबारको निर्णयानुसार बोर्ड अध्यक्षमा नियुक्त भएका रमेश कुमार हमालले शुक्रबारका दिनमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकार’ बाट पद तथा गोपनीयताको सपथ आइतबारका दिन बोर्डमा पदबहाली गरेका छन् ।

नवनियुक्त बोर्ड अध्यक्ष हमाललाई बोर्डका उच्च पदस्थ कर्मचारी सहित सम्पूर्ण कर्मचारीहरुले स्वागत गरेका हुन् । पदवहालीसँगै अध्यक्ष हमालले बोर्डको संस्थागत क्षमता अभिवृद्धि आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । यसका लागि उनले कर्मचारीको मनोबल उच्च राख्ने र बोर्ड भवनको उचित व्यवस्थापनका साथै सूचना प्रविधिको विकासका लागि ठोस कार्य गर्ने योजना रहेको बताए ।

यो साझा लक्ष्य हासिल गर्न सम्पूर्ण कर्मचारीहरू बिना पूर्वाग्राह एक ढिक्का भै लाग्नुपर्ने आवश्यकता रहेको समेत औल्याए । मन्तव्यको क्रममा उनले आजको समयमा धितोपत्र बजार नेपाली समाजको एक महत्वपूर्ण हिस्सा भएको बताउँदै बजारको विकास, विस्तार र स्थायित्य कायम गर्ने ठूलो जिम्मेवारी बोर्डको काँधमा भएको बताए ।

अध्यक्ष हमालले हाल बजारमा संस्थागत तथा उपकरणगत विविधता नभएका कारण सानो धक्काले पनि बजारलाई अस्थिर र उत्तारचढावपूर्ण बनाउने गरेको खुलासा गरे ।

यसका लागि बजारलाई रिजिलियण्ट बनाउन आफू लागि पर्ने बताउँदै यस कार्यमा सबैको साथ, सहयोग र समन्वय रहने विश्वास समेत व्यक्त गरे । धितोपत्र बजार सर्वसाधारणको जिवनसँग जोडिएको हुनाले साना लगानीकर्ताको सुरक्षालाई विशेष प्राथमिकता दिने बताए ।

साथै, बोर्ड अध्यक्ष हमालले सम्पूर्ण कर्मचारीहरुलाई उच्च मनोबलका साथ जिम्मेवारीपूर्वक कार्य गरी संस्थाको गरिमा अभिवृद्धि गर्न निर्देशन समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?