एनआईसी एसिया बैंक : हरेक सूचकमा सबैभन्दा सबल, अब्बल अनि नं १

लोकपथ
2.1k
Shares

काठमाडौं । एनआईसी एसिया बैंक अहिले वाणिज्य बैंकहरुको भिडमा सबैभन्दा सबल अनि अब्बल देखिएको छ । यो कुरा बैंकले स्वंमले भनेको नभई बैंकहरुका परिसूचकहरुबाट नै देखाएको छ, जुन नियनमकारी निकाय नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् नै सार्वजनिक हुने गर्छ ।

एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् रोशनकुमार न्यौपाने । बैंक सञ्चालक समितिले झण्डै चार वर्षअघि न्यौपानेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीइओ)को जिम्मेवारी दिएको थियो ।

उक्त समयदेखि नै बैंकलाई सबैभन्दा सबल अनि अब्बल बनाउने दृढ इच्छाशक्ति, क्षमता र आत्मविश्वास देखाएको र बैंकको सिंगो कर्मचारी संयन्त्र, उच्च व्यवस्थापन, सञ्चालक समिति, सेयरधनी, ग्राहक एवं शुभचिन्तक सबैको मन जितेर अगाडि लैजान सक्ने खुबी सञ्चालक समितिले न्यौपानेमा दखेको थियो ।

सोही आधारमा सञ्चालक समितिले न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृृत बनायो । सम्भवत त्यो समयमा न्यौपानको नाम वाणिज्य बैंकहरुमा सबैभन्दा कान्छो प्रमुख कार्यकारी अधिकृतको रुपमा दर्ज भएको थियो ।

तिनै कान्छो प्रमुख कार्यकारी अधिकृतले व्यवस्थापनको बागडोर सम्हालेको एनआईसी एसिया बैंकको आजको दिनसम्म आईपुग्दा वाणिज्य बैंकहरुमध्येमा सबैभन्दा जेठो अर्थात् एकै वाक्यमा भन्नुपर्दा सबैभन्दा सबल र अब्बल देखिएको छ ।

हरेक चुनौतीलाई अवसरको रुपमा बदल्दै, आम ग्राहक, शुभचिन्तक, सेयरधनी, लगानीकर्ताहरु, नियमनकारी निकाय सबैको मन जितेर एनआईसी एसियाले बैंकिङ क्षेत्रमा नै सबैभन्दा ठूलो आर्थिक साम्राज्य खडा गरेको छ । जुन कुरा स्वघोषित रुपमा बैंकले भनेको नभएर तथ्यांकहरुबाट नै देखिएको हो ।

सरकारी स्वामित्वको एउटा मात्र बैंकको केही सूचकलाई छाडेर एनआईसी एसिया आजको दिनमा हरेक सुचकमा नं १ रहेको छ । चालू आर्थिक वर्षको पछिल्लो ६ महिना अर्थात् दोस्रो त्रैमासिक अवधिको वित्तीय विवरणको आधारमा भन्नुपर्दा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुको समग्र बैकिङ क्षेत्रको औसत कर्जा एक खर्ब ४८ अर्ब ८७ करोड रुपैयाँ रहेकोमा एनआईसी एसिया बैंक एक्लैको कर्जा २ खर्ब ७३ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । यो कर्जा भनेको समग्र बैंकिङ क्षेत्रको औसत प्रतिबैंक कर्जाभन्दा एनआईसी एसियाको कर्जा ८४ प्रतिशतले बढी हो ।

चालू आवको दोस्रो त्रैमासमा समग्र बैंकिङ क्षेत्रको औसत निक्षेप एक खर्ब ५४ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा एनआईसी एसिया एक्लैको कुुल निक्षेप २ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । एनआईसी एशियाको यो निक्षेप समग्र बैंकिङ क्षेत्रको औसत प्रतिबैंक निक्षेपभन्दा ९३ प्रतिशतले बढी हो ।

समग्र बैंकिङ क्षेत्रको औसत प्रतिसेयर आम्दानी चालू आवको दोस्रो त्रैमासमा १८ रुपैयाँ ४४ पैसा रहेको छ । सो मध्ये एनआईसी एसिया एक्लैको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ४३ पैसा रहेको छ । यस अर्थमा समग्र बैंकिङ क्षेत्रको औसत प्रतिबैंक प्रतिसेयर आम्दानीभन्दा एनआईसी एसियाको प्रतिशेयर आम्दानी १ सय २५ प्रतिशतले बढी देखिएको छ ।

यसैगरी सग्रम बैंकिङ क्षेत्रको स्वपुँजी प्रतिफल पनि चालू आवको दोस्रो त्रैमासमा ११ दशमलव ३९ प्रतिशत रहेकोमा एनआईसी एसियाको स्वपँजी प्रतिफल २१ दशमलव ७७ प्रतिशत रहेको छ । समग्र बैंकिङ क्षेत्रको औसत स्वपुँजी प्रतिफलभन्दा एनआईसी एसियाको स्वपुँजी प्रतिफल ९१ प्रतिशतले बढी देखिएको छ ।

वाणिज्य बैंकहरुमध्येमा निजी क्षेत्रद्धारा सञ्चालित बैंकहरुमा औसत ग्राहक संख्या १२ लाख ९५ हजार रहेकोमा एनआईसी एसिया एक्लैको कुुल ग्राहक संख्या ३० लाख रहेको छ । यो संख्या भनेको औसत प्रतिबैंक ग्राहक संख्याभन्दा एक सय ३२ प्रतिशतले बढी हो ।

वाणिज्य बैंकहरुमा प्रति बैंक औसत शाखा संख्या एक सय ७३ रहेकोमा एनआईसी एसियाको मात्र सातवटा प्रदेशका सबै क्षेत्रमा तीन सय ५८ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । यो संख्या भनेको औसत प्रतिबैंक शाखा संख्याभन्दा पनि एक सय सात प्रतिशतले बढी हो ।

यसैगरी वाणिज्य बैंकहरुमा औसत विस्तारित काउन्टरको संख्या चार रहेकोमा एनआइसी एसिया बैंक एक्लैको विस्तारित काउन्टरको संख्या ७० रहेको छ । यो संख्या भनेको औसतभन्दा १६ सय ५० प्रतिशतले बढी हो ।

प्रतिवाणिज्य बैंक औसत एटीएम काउन्टरको संख्या एक सय ३७ रहेकोमा एनआईसी एसिया बैंकको मात्र ४ सय ७३ वटा एटीएम काउन्टरहरु सञ्चालनमा रहेका छन् । यो संख्या भनेको औसतभन्दा दुई सय ४५ प्रतिशतले बढी हो ।

पछिल्लो अवधिमा वाणिज्य बैंकहरुमा औसत डेबिट कार्ड प्रयोगकर्ताहरुको संख्या ३ लाख ११ हजार रहेकोमा एनआईसी एसिया बैंक एक्लैमा डेबिट कार्ड प्रयोगकर्ताहरुको संख्या १२ लाख ३५ हजार रहेको छ । यो संख्या भनेको औसतभन्दा दुई सय ९७ प्रशितले बढी हो ।

यसैगरी वाणिज्य बैंकहरुमा औसत मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या चार लाख ७९ हजार रहेकोमा एनआईसी एसिया एक्लैमा मोबायल बैंकिङ प्रयोगकर्ताहरुको संख्या १६ लाख ८० हजार रहेको छ । यो भनेको औसत माबाईल बैंकिङ प्रयोगकर्ताको संख्याभन्दा दुई सय ५० प्रतिशतले बढी हो ।

यी सबै कुुराहरु एनआईसी एसियाले भनेको नभई वित्तीय सूचकहरुबाट पुष्टि भएका अर्थात् देखिएका कुराहरु हुन्, जसले एनआई एसियालाई सबै सूचकहरुमा निकै सवल, अब्बल अनि नं १ बनाएको छ ।

यस्ता छन् एनआईसी एसिया बैंक नं १ हुनुका प्रमुख सूचकहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?