८ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक

लोकपथ
221
Shares

काठमाडौं । नेपाल राष्ट्र बैकले भोलि (सोमबार) पुन: ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । गत साता मात्र आठ अर्ब रुपैयाँको ट्रेजरी जारी गरेको राष्ट्र बैकले एक साता नबित्दै भोलि पुन ट्रेजरी बिल जारी गर्न लागेको हो ।

राष्ट्र बैकका जारी मिती फागुन १० तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् ।

यसरी जारी गरिने उक्त ट्रेजरी अन्तर्गत ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँको रहेको छ । सो मध्ये छ अर्ब रुपैयाँको ट्रेजरी नयाँ र बाँकी पुरानो नविरण अन्तर्गतको राष्ट्र बैकको भनाई छ ।

राष्ट्र बैकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश: २०७९ जेठ १० गते र २०७९ भदौ सात गते तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?