काठमाडाैं । कमल थापाले नेतृत्व गरेकाे राप्रपा नेपालको पहिलो केन्द्रीय समिति बैठकले १० बुँदे निर्णय गरेको छ ।
पृथ्वीनारायण शाहलाई आदर्श पुरुष तथा उनको दिव्य उपदेशलाई मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकार गर्ने निर्णय बैठकले गरेको छ ।
राप्रपा नेपालले जारी गरेको उक्त विज्ञप्तिमा पार्टीको घोषणापत्रमा सनातन वैदिक मूल्य, मान्यता र चिन्तनमा आधारित ‘संवर्द्धनवाद’ पार्टीको वैचारिक दर्शन हुने उल्लेख छ ।
नेपालको भू–राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै ‘राष्ट्रियता’ लाई सर्वोपरि साध्य बनाइएको पनि पार्टीले उल्लेख गरेकाे छ ।
मितिः( २०७८ फागुन ८ गते
प्रेस विज्ञप्ति
राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज सम्पन्न पहिलो केन्द्रीय कार्य
समितिको बैठकले देहायबमोजिमका निणर्यहरु गरेको छ स्
१) बैठकले पार्टीको घोषणापत्र र विधान मस्यौदालाई परिमार्जन सहित पारित गरेको छ ।
२) बैठकले पारित गरेको घोषणापत्रमा सनातन वैदिक मुल्य, मान्यता र चिन्तनमा आधारित “सम्बद्र्धनवाद” पार्टीको बैचारिक दर्शन हुने उल्लेख छ । नेपालको भू–राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै राप्रपा नेपालले “राष्ट्रियता” लाई सर्वोपरि साध्य बनाएको छ । राष्ट्रनिर्माता ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई आदर्श पुरुष तथा राष्ट्रनिर्माताको दिव्य उपदेशलाई राप्रपा नेपालले आफ्नो मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकार गरेको छ । साथै, समावेशी प्रजातन्त्र पार्टीको अपरिहार्य आधार हुने घोषणापत्रमा उल्लेख छ ।
३) बैठकले गत पन्ध्र वर्षको अभ्यास र अनुभवलाई दृष्टिगत गर्दै धर्मनिरपेक्षता विनाशर्त खारेज गरिनुपर्ने र संघीयताको वर्तमान स्वरुप र संरचनालाई परिवर्तन गर्नुपर्ने माग गरेको छ ।
४) बैठकले राष्ट्रको एकिकरण, प्रजातन्त्रको स्थापना र आधुनिकीकरणमा राजसंस्थाले पुर्याएको योगदानको उच्च मुल्यांकन र सम्मान गर्दै भविष्यमा राप्रपा नेपालको नीति जनता केन्द्रीत हुने तथा लोकतान्त्रिक हिन्दुराष्ट्र मुख्य कार्यनीति हुने निणर्य गरेको छ ।
५) बैठकले संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको पुनःस्थापना तथा सुशासन र समृद्धिलाई पार्टीको भावी कार्यदिशा निर्धारण गरेको छ ।
६) विगत केही वर्षयता नेपालमा वाह्य शक्तिहरुको चलखेल र प्रभाव तीब्र रुपले बढ्दै गएको छ । नेपाल वाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्नसक्ने खतरा देखिंदै छ । यसको ज्वलन्त उदाहरण एम.सी.सी. सम्बन्धी विवाद हो । प्रमुख राजनीतिक दलहरुको अकर्मण्यता र अदुरदर्शिताको परिणाम स्वरुप अमेरिकी अनुदान सहायता (एम.सी.सी.) अनावश्यक विवादको बन्धक भएको छ । फलतः एम.सी.सी. सम्बन्धमा आम नेपाली जनतामा गम्भिर आशंका बढाएको छ । साथै, एम.सी.सी. बारे छिमेकी मित्रराष्ट्र चीन र अमेरिकाले व्यक्त गरेका चासो र चिन्ता गम्भीर रुपमा लिनुपर्छ । त्यसर्थ, नेपाली जनतामा व्याप्त आशंकाको निराकरण तथा अमेरिका र चीन दुवैलाई विश्वासमा लिएर एम.सी.सी. कार्यान्वयन गर्न नेपाल सरकार तथा सम्बद्ध सबै राजनीतिक दलहरुसँग राप्रपा नेपाल आग्रह गर्दछ ।
७) छोटो समयमा पटक(पटक पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको राप्रपा नेपाल घोर भत्र्सना गर्दछ । साथै सर्वसाधारण जनतालाई परेको मर्कालाई ध्यानमा राख्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन पनि जोडदार माग गर्दछ ।
८) स्थानीय निकायको निर्वाचनको तयारीको लागि देहाय बमोजिम स्थानीय निकाय निर्वाचन परिचालन समिति गठन भएको छ ।
१) सुशील कुमार श्रेष्ठ( संयोजक
२) तेजकुमार कुरुम्वाङ्ग, पाँचथर( सदस्य
३) हरिकृष्ण श्रेष्ठ, सुनसरी( सदस्य
४) राम नरेश यादव, धनुषा( सदस्य
५) रामसुन्दर विष्ट, भक्तपुर( सदस्य
६) राजकुमार खड्का, काठमाडौं( सदस्य
७) खेमराज गौतम, बाँके( सदस्य
८) ईर्साद आलम, रुपन्देही( सदस्य
९) ईश्वर श्रेष्ठ, सुर्खेत( सदस्य
१०) ललित जोशी, कैलाली( सदस्य
११) सुशीला गिरी, काठमाडौं( सदस्य
१२) शिवकुमार बाँस्तोला, कास्की( सदस्य
१३) श्यामबहादुर खत्री, काठमाडौं( सदस्य
१४) सुजन अधिकारी, नुवाकोट( सदस्य
१५) दिनेशचन्द्र गुप्ता, कपिलवस्तु( सदस्य
१६) चेतनाथ थापा, झापा( सदस्य
१७) राजु नापित, भक्तपुर( सदस्य
१८) दूर्योधन निरौला, सुनसरी( सदस्य
१५) उज्वल पोखरेल, गोरखा(सदस्य सचिव
९) देहाय अनुसार स्थानीय निकाय निर्वाचन घोषणा पत्र तयारी समिति गठन भएको छ ।
१) सुरेश आचार्य, संयोजक
२) माधव खत्री, भक्तपुर( सदस्य
३) ममता राई, झापा( सदस्य
४) होमभक्त कुुरुम्वाङ, तेह्रथुम( सदस्य
५) रमेश राज पन्त, नवलपरासी( सदस्य
६) शशिरंजन यादव, महोत्तरी( सदस्य
७) रामचन्द्र बाँनिया, झापा( सदस्य
सल्लाहकार
डा. विष्णु भण्डारी (तनहुँ
डा. अरुण कुमार सिंह (धनुषा
सुरेश आचार्य
केन्द्रीय सदस्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया