एनएमबीका ग्राहकहरुलाई विराटनगरको हाम्रो अस्पतालमा सहुलियत

लोकपथ
130
Shares

काठमाडौं । एनएमबी बैंकले विराटनगर, वार्ड नं. ४ स्थित हाम्रो अस्पतालमा उपचारको लागि आएका व्यक्ति तथा कर्मचारीहरुलाई सहज होस् भन्ने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ ।

उक्त समझदारीअनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराइएको छ ।

उक्त अस्पतालले बैंकका एटीएम तथा अन्य भिजा कार्डहोल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधि खरिद, ल्याब परीक्षणहरु र शल्यक्रियामा छुट उपलब्ध गराउनेछ ।

समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रदेश १ का प्रमुख उत्सव घिमिरे र अस्पतालका तर्फबाट निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गरे ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । छुटसम्बन्धी थप जानकारी एनएमबी बैंकको वेबसाइट www.nmb.com.np को NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

एनएमबी बैंकले हाल देशभरि २०१ शाखाहरु, १३९ एटीएमहरु, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?